२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

साई ग्लोबल एकेडेमीमा अत्याधुनिक ल्याबमार्फत अध्यापन

बिहिवार , श्रावण १२, २०७९

भैरहवा, १२ साउन ।

रुपन्देहीको भैरहवामा अवस्थित साई ग्लोबल एकेडेमीले अत्याधुनिक ल्याब (प्रयोगशाला)मार्फत अध्यापन गराउन थालेकाे छ । ४० वर्षअघि स्थापित संस्थाले माध्यमिक तहसम्मको शिक्षा यसरी नै प्रदान गरिरहेको छ ।

मुख्यत:  ११ र १२ कक्षाका लागि विज्ञान, म्यानेजमेन्ट संकायमा अध्यापन गराइरहेको एकेडमीले करिब एक करोड ५० लाख लगानीमा स्थापना भएकाे डस्ट फ्रि मोडुलर भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान विषयकाे प्रयाेगशालामार्फत  अध्यापन गराइरहेकाे छ । 'यो नेपालकै नमुना ल्याब हो, हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै यसकाे थालनी गरेका छौँ,' एकेडमीका निर्देशक दिनेशमान अमात्यले भने । 

विज्ञान विषय अध्ययनमा प्रयोगत्मक ज्ञान महत्वपूर्ण भएकले ल्याब सञ्चालनमा ल्याइएको हो । ल्याब स्थापनापछि विद्यार्थीहरूको आकर्षण बढे पनि भैरहवाका विद्यार्थीलाई पूर्ण रुपमा रोक्न भने नसकेकाे विज्ञान संकायका संयोजक कृष्णमोहन कहारले भने । 

यस एकेडेमीमा विज्ञान संकायमा मात्रै  शैक्षिक सत्र २०७५/७६ मा ७५ जना विद्यार्थी थिए । वर्ष २०७६/७७ मा ८४, २०७७/७८मा  एक सय १३, २०७८/७९ मा एक सय ३९ हुँदै अहिले वर्ष २०७९/८० का लागि एक सय ६९ जना अध्ययनरत छन् । न्युज कारखाना