
बिहिवार , श्रावण १२, २०७९
भैरहवा, १२ साउन ।
विद्यार्थी माथि अनावश्यक सिर्जना गरिएको भन्दै शुल्कवृद्धि फिर्ता गरी नियमित शैक्षिक पठनपाठन सुचारु गर्न माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)ले काठमाडौंको बिजुलीबजारस्थित चक्रवती हवि एजुकेसन एकेडेमीमा बिहीबार तालाबन्दी गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त एकेडेमीका क्याम्पस प्रमुखलाई जानकारी गराउन ध्यानाकर्षण पत्र गेटमा टाँसिएको र तालाबन्दी गरिएको राप्रविसंका केन्द्रीय उपाध्यक्ष निराजन बमले बताए ।
एकेडेमीले भर्ना अन्तर्गत नयाँ शैक्षिक सत्र २०७९/८० का लागि बी.ए.एल.एल.बी. र एल.एल.एम.को विगतको भर्ना शुल्क रु. ६ लाख लिदै आएकोमा हाल शुल्क वृद्धि गरी १० लाख लिएकोमा संगठनको गम्भिर ध्यानाकर्षण भएको राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले बताए । उनले क्याम्पस प्रशासनले सूचना प्रकाशन गर्दै अर्को सूचना नआएसम्म क्याम्पसका सम्पूर्ण गतिविधि बन्द रहेको भन्ने समाचारले विद्यार्थीको निरन्तर पठनपाठनमा समेत असर परेको राईले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij