२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

 विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न एक जना चिनियाँसहित चार जना पक्राउ

बिहिवार , श्रावण १२, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग भएका ४ सय ७२ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट २६ थान ल्यापटप, १ हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना