२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगर उत्कृष्ट रक्तदाताको रुपमा सम्मानित

बिहिवार , श्रावण १२, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १२ साउन ।

    राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटी, सिद्धार्थनगर उत्कृष्ट रक्तदाताको स्थान हासिल गर्न सफल भएको भन्दै सम्मानित भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र, बुटवलले बिहीबार एक कार्यक्रमकाबीच संघलाई सम्मान गरेको हो ।

    आर्थिक वर्ष २०७८/०७९ मा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा उत्कृष्ट रक्तदान गर्ने संस्थाहरुमध्ये उत्कृष्ट रक्तदाताको स्थान हासिल गर्न सफल राष्ट्रिय युवा संघ सिद्धार्थनगर कमिटीलाई रेडक्रसले प्रशंसापत्रबाट सम्मान गरेको हो ।

    pramad patra.jpg

    बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले संघ सिद्धार्थनगर कमिटीका अध्यक्ष कृष्ण मल्ल ठकुरीलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

    युवा संघ सिद्धार्थनगरका सचिव रोशन बहादुर थापाकाअनुसार ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर संघले २०७८ फागुन ७ गते भैरहवामा रक्तदान कार्यक्रम गरी १११ युनिट रगत संकलन गरेको थियो । 

    ५६ औं रक्त सञ्चार दिवसको अवसर पारेर सम्मान गरिएको रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक कृष्ण पंगेनीले बताए । 

    कार्यक्रममा उत्कृष्ट रक्तदाताको स्थान हासिल गर्न सफल विभिन्न संघ–संस्थालाई सम्मान गरिएको थियो ।