२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

घाँस काट्न गएकी युवतीलाई जबरजस्ती गर्न खोज्ने एकजना पक्राउ

बिहिवार , श्रावण १२, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, १२ साउन । 
    रुपन्देहीमा घाँस काट्न गएकी एक युवतीलाई जबरजस्ती गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सैनामैना नगरपालिका–५ तुलबुलिया खोला नजिकै घाँस काट्न गएकी १९ वर्षकी युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने स्थानीय ४८ वर्षका निलमणि दमाईलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको हो ।

    करणी प्रयास गर्ने निलमणिमाथि करणीसम्बन्धी कसुर अन्तरगत म्याद थप गरी अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।