
बिहिवार , श्रावण १२, २०७९
बुटवल, १२ साउन ।
अजय काकीको ‘हामी देश बचाऔं नामक म्युजिक भिडियो बुधबार बिमोचन गरिएको छ । बागेश्वरी संगितालयका संचालक तथा संगीतसर्जक सुरेश सेन्चुरीले बिमोचन गर्दै देशका धेरै नाम चलेका गायकहरु उत्पादन गरेर गीतसंगितबाट यो क्षेत्रको पहिचान दिलाउन सफल भएको दावी गरे । कार्की एक क्षमतावान गायक र लेखकका रुपमा परिचित भएको भन्दै गीतसंगितमा लगाव कै कारण उनी सफल हुँदै गएको दावी गरे । संगीतमा बुटवलको पहिचान बनाउँदै आएका अजय कार्कीले लामो समयको साधना र अनुभवबाट गीत तयार गरेको बताए । लकडाउनकै समयमा गीत लेखेको उनले बताए । सीमा विवादको विषय उठिरहेको बेला उनको दिल र दिमागबाट यो गीत तयार गरेको बताए । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको अभिनय रहेको गितमा निर्देशन निरेन श्रेष्ठ तथा स्वर अजय कार्कीको रहेको छ । देश जोगाउने पुर्खाको योगदानलाई सम्झेर युवाहरु देश बचाउन एकजुट हुनुपर्ने सन्देशमूलक शब्दहरु गीतमा छ । देशमा सीमा समस्या रोक्न युवालाई अग्रसर हुन शब्दमा गीतबाट व्यक्त भएको उनले बताए ।
त्यसै गरी हिमालयन टेलिभिजनमा प्रसारण हुने सांगीतिक शो सिङ्गिङ सुपर स्टारको टप टेनमा पुगेका सन्तोष रानालाई जिताउन बुटवलबाट अभियान थालिएको छ । बागेश्वरी संगीतालयमा लामो समय साधना गरेका उनी गायनबाट आफ्नो पहिचान दिलाउने लक्ष्यसहित लागेका छन् । सन्तोष राना जिताऔं अभियानमा लागेका गायक बसन्त श्रेष्ठले मोफसलका कलाकार, गायकहरुको क्षमता प्रस्फुटन गराउन सके अवसर पाउन सक्ने बताए । स्थानीयस्तर हुँदै राष्ट्रिय मन्चमा पुगेका रानालाई जिताउनु रुपन्देहीबासीको दायित्व भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij