२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

टिपरको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

बुधवार , श्रावण ११, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • झापा, ११ साउन ।

    झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

    मृतकको पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका-५ बस्ने ३१ वर्षीय सुजन वाइबाले जनाएको छ । न्युज कारखाना