
बुधवार , श्रावण ११, २०७९
भैरहवा, ११ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, ४ नम्बरस्थित रा.जी. क्लिनिक प्रा.लि.मा उपचार सेवामा छुट पाउने भएका छन् ।
बैंक र रा.जी. क्लिनिकबीच सोमबार भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुले छुट सुविधा पाउने भएका हुन् ।
बैंकका कर्मचारी हेमराज गौतम र पवन पौडेलको रोहबरमा बैंकका सेमरा शाखाका प्रबन्धक मनोज ज्ञवाली र रा.जी. क्लिनिक प्रा.लि.का अध्यक्ष डा. राजेश श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार क्लिनिकमा बैंकका ग्राहक तथा कर्मचारीलाई सम्पूर्ण स्वास्थ्य परीक्षणमा २० प्रतिशत, फार्मेसी सेवामा ७ प्रतिशत, एक्स–रे र ईसीजीमा २ प्रतिशत छुट प्रदान गरिनेछ । त्यस्तै ६५ वर्षमाथिका बैंकका ग्राहकलाई डाक्टर र ल्याब शुल्कमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । त्यसै गरी डाक्टरबाट निःशुल्क परामर्श सेवा, निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराइनेछ ।
क्लिनिकबाट छुट सुविधा लिन ग्राहक तथा कर्मचारीले डेबिट, क्रेडिट वा चेक देखाउनुपर्नेछ । सम्झौता अवधि एक वर्षको भएको र आवश्यकता अनुसार पुनः थपिने बैंकका शाखा प्रबन्धक मनोज ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij