२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

 अर्घाखाँचीका पहिरोप्रभावित घरपरिवारलाई रेडक्रसद्वारा सहयोग

शुक्रवार , मंसिर १२, २०७७

अर्घाखाँची, १२ मंसिर । ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाका पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीले राहात प्रदान गरेको छ । शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ का पहिरोबाट प्रभावितलाई रेडक्रस सोसाइटीले राहत प्रदान गरेको हो । 

जमिन भासिएर घरबारबिहीन भएका शितगंगा नगरपालिका कोठिया मैदान र ढुंगेशेराका ६० घरपरिवारलाई प्रति घरपरिवारलाई ५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभापति शम्भु पोख्रेलले बताए ।

शितगंगामा गत असोज ९ गते जमिन भासिएर पहिरो जाँदा ६० घरपरिवार विस्थापित भएका छन् । जमिन भांसिएर पहिरो जाँदा सिंगो क्षेत्र नै जोखिममा परेको छ । झण्डै २ सय भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । 

पहिरो प्रभावित क्षेत्रमा असोज महिनामा पनि रेडक्रस सोसाइटीले त्रिपाल, खाद्यान्न, लत्ता कपडा, भाडाकुडासहितका एक सेट राहत सामग्री प्रदान गरेको थियो ।