बुधवार , श्रावण ११, २०७९
काठमाडौं, ११ साउन । महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा विभिन्न भिडियो बनाएरु प्रसारण गर्दै आएका थिए ।
बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस नदिएमा एसिड हान्दिन्छु’ भन्दै बनाएको भिडियो उनले प्रसारण गरेपछि प्रहरीले उनलाई पक्रा गरेको हो ।अति सम्वेदनशील बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने उनले गरेको प्रहरीले जनाएको छ ।
भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को सहयोगमा नवलपरासी कावसोतीबाट पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij