२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

एमाले अध्यक्ष ओली झापा जाँदै, दुईदिन कार्यकर्तासँग भेटघाट गर्ने

बुधवार , श्रावण ११, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ११ साउन ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । 

    सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

    १२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए । न्युज कारखाना