२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला 

मंगलवार , श्रावण १०, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, १० साउन। बाँके, काठमाडौं, सिन्धुली र पाल्पामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

    बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुर बस्ने मम्मु भन्ने २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती २१ वर्षीया अञ्जली गडरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    काठमाडौं महानगरपालिका–२४ बसन्तपुर कालभैरव मन्दिर पछाडी हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झागाझोलीस्थित बिपि राजमार्गको किनारामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको तिनाउ गाउँपालिका–५ तिनाउ खोलामा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । न्युज कारखाना