२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्ण र मेलम्ची रेडियोलाई 

मंगलवार , श्रावण १०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १० साउन। नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    ५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई  पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जनाए । एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास, संरक्षण र प्रवद्र्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पु¥याउँदै  आइकी कर्णले ग्रामीण जीवन, त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारितामार्फत क्रियाशीलता बढाउदै आएकी छिन् । 

    यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उदेश्यले ०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको थियो । रेडियो मेलम्चीले १०७.२ मेघाहर्जबाट स्थानीय नागरिकलाई सुसुचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोतस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । न्युज कारखाना