२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

रुपन्देहीमा अवैध सालको काठ बरामद

सोमवार , श्रावण ९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ९ साउन ।
    रुपन्देही प्रहरीले अवैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय, रुद्रपुरबाट खटिएको टोलीले कञ्चन गाउँपालिका वडा नम्बर ५ स्थित डाँडालाइनमा लुकाईछिपाई राखेको ४२ क्युफिट सालको (गोलिया) काठ बरामद गरेको हो ।

    उक्त काठको मूल्य करिब २ लाख १० हजार बराबर रहेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा काठ बरामद गरी आवश्यक कारवाहीका लागि रुद्रपुर सामुदायिक उपभोक्ता समूहमा पठाइएको छ ।