
आइतवार , श्रावण ८, २०७९
भैरहवा, ८ साउन ।
लियो क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुले वर्ष २०२२/२३ का अध्यक्ष सतिष भुसाललाई पद हस्तान्तरण गरेको छन् । त्यस्तै वर्ष २०२१/२२ का सचिव आयुष अधिकारीले वर्ष २०२२/२३ की सचिव विनिता थापा तथा वर्ष २०२१/२०२२ की कोषाध्यक्ष ज्योति गुरुङले वर्ष २०२२/२३ का कोषाध्यक्ष विमल गौतमलाई पद हस्तान्तरण गरेका छन् ।
वर्ष २०२२/२३ को प्रथम उपाध्यक्षमा मनिष ढकाल, द्वितीय उपाध्यक्षमा आयुष अधिकारी, सचिवमा विनिता थापा, कोषाध्यक्षमा विमल गौतम, सह–सचिवमा विकास चुँदाली र सह–कोषाध्यक्षमा सुजाता नेपाल रहेका छन् ।
त्यस्तै क्लबको टेल ट्वीष्टरमा मोनिका कोइराला, टेमरमा अनिल बस्याल, जनसम्पर्क अधिकारी (पीआरओ)मा सन्देश के.सी., निर्देशकमा अनिल आचार्य, अनुज श्रेष्ठ, रविन पौडेल, सिद्वान्त अधिकारी, निलु पाण्डे, विवेक नेपाल र विवेक भुसाल रहेका छन् ।
त्यसै गरी स्पोटर्स कमिटीमा गोविन्द पन्त, कोष अभिवृद्धिमा विनोद घिमिरे, लागूपदार्थविरुद्ध दुव्र्यसनी (ड्रग अवनरेस)मा ज्ञान जैसवाल, स्वास्थ्यमा सुरज ढुंगाना, सदस्ता वृद्धिमा दर्शना अधिकारी, प्रोजेक्टमा संचित भट्टराई, माई एलसीआई चिफमा प्रकाश नेपाल, इन्टरनेशनल कमिटीमा मोहन बहादुर थापा र वुमन वेलफेयरमा सम्झना नेपाल रहेका छन् । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष अरुण पन्थीले वर्ष २०२२/२३ कार्यसमितिको नामावली घोषणा गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लियो डिष्ट्रिक ३२५ (पी) का अध्यक्ष लीलामणि न्यौपाने (एमडी) ले सेवा नै धर्म भएको र सेवा गर्ने भावना मनदेखि नै आउनुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै डिष्ट्रिक एक्जुकेटिभ सेक्रेटरी सन्तोष खरेलले क्लबलाई अझ उचाइमा लैजान आग्रह गरे ।
लियो क्लब अफ सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष सतिश भुसालले संस्थामा लागेपछि सबै जना इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले आफनो कार्यकालमा वृक्षारोपण कार्यक्रम, मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, नयाँ सदस्यहरुलाई अभिमुखीकरण तालिम, लियो सुपर क्रिकेट टुर्नामेन्ट, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने बताए ।
सतिश भुसालको अध्यक्षता, कार्यक्रम संयोजक विवेक भुसालको स्वागत, निलु पाण्डेको ध्वजा अभिवादन तथा विनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij