आइतवार , श्रावण ८, २०७९
सिओल, ८ साउन ।
कोरियाली टेलिभिजन ओबियस र विदेशी परामर्श केन्द्र उईजङबुद्धारा आइतबार उईजङबुमा आयोजित सुरक्षा क्वीजमा नेपाली युवा सुदर्शन देवकोटाले प्रथम स्थान हासिल गरेका छन् ।
दुई संस्थाको समन्वयमा विदेशीलाई लक्षित गरेर गरिएको उक्त प्रतियोगितामा औद्योगिक दुर्घटना न्यूनीकरणसम्बन्धी प्रश्न सोधिएकोमा देवकोटा प्रथमसहित, संगम भोयागर द्वितीय र मोहन पाण्डे तृतीय हुन सफल भएका छन् । १६ देशका करिब ६० जना प्रतिष्पर्धीका बीचमा तीनओटै स्थानमा नेपालीले जित्नु गौरवको विषय भएको देवकोटाले बताए । देवकोटाले ल्याप्टप उपहार प्राप्त गरेका छन भने द्वितीयले भ्याकुम क्लीनर र तृतीयले राईस कुकर प्राप्त गरे ।
कोरियाली उद्योगहरुमा आप्रवासी श्रमिकको दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले यहाँका विदेशीका विचमा काम गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । कोरियामा वर्षेनी नेपालीले पनि औद्योगिक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् ।
विदेशीका बीचमा यस्ता क्वीज प्रतियोगिता गराउँदा उनीहरुमा दुर्घटनाका कारणहरुका विषयमा ज्ञान बढ्ने आयोजकको दावी छ । गत हप्ता मात्र याङजुमा एक नेपालीले औद्योगिक दुर्घटनामा ज्यान गुमाएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij