२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मेगा केमिकल्स इण्डष्ट्रिजद्वारा सरसफाई सामग्री वितरण

आइतवार , श्रावण ८, २०७९

भैरहवा, ८ साउन ।
मेगा केमिकल्स इण्डष्ट्रिज ओमसतिया गाउँपालिका–३ तरकुला, रुपन्देहीले सरसफाई सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच गाउँ सरसफाई अभियान अन्तर्गत स्थानीय १ सय घरपरिवारलाई सरसफाई सामग्री वितरण गरेको उद्योगकी सञ्चालक एलिसा श्रेष्ठले बताइन् ।

उद्योगले प्रतिपरिवार लिक्वीड सप, हैण्ड वास, डिस वास, वाइट फिनाइल र ब्लयाक फिनाइल वितरण गरेको प्रबन्ध निर्देशक मुकेश झाले बताए ।

मुकेश झाको अध्यक्षता, कृष्ण घर्तीको सञ्चालन, जीवन श्रेष्ठ, विनोद पोखरेल, प्रिन्स वर्मा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उद्योगमा हाल ४० बढी मजदूर तथाकर्मचारी कार्यरत छन् ।

IMG_1254.JPG