२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

लायन्स सिद्धार्थनगर लोटसको आयोजनामा अभिमुखीकरण कार्यक्रम

आइतवार , श्रावण ८, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ८ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको आयोजनामा शनिबार भैरहवामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले क्लबमा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम कोसेढुंगा सावित हुने बताए । उनले लायन्सको अभियानले गरीबी न्यूनीकरणमा टेवा पुर्याएको बताए । उनले भने, ‘अझै पनि ग्रामीण क्षेत्रमा बिहान सांझ हात मुख जोर्न धौधो छ, आफू भन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नु लायन्सका सदस्यहरुको कर्तव्य हो ।’

    लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष महेशचन्द थापाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले विपन्न वर्गलाई सेवा गर्नुपर्ने बताए । लायन्स सिद्धार्थनगरका प्रथम उपाध्यक्ष रवि कुमार श्रेष्ठले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लाेटस वर्ष २०२२/०२३ की अध्यक्ष ललिता बछारले काम गर्ने क्रममा कमीकमजोरी हुन सक्ने भएकाले यस्ता अभिमुखीकरण कार्यक्रमले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्न सहयोग गर्ने बताइन् ।

    लायन्स सिद्धार्थनगर लोटसकी अध्यक्ष ललिता बछारको अध्यक्षता, कार्यक्रम संयोजक शान्ता योगी रोकाको स्वागत, कोषाध्यक्ष उषा पौडेलको ध्वजा अभिवादन तथा सचिव सुनैना केसी (गिरी)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रशिक्षकद्वय ओम कुमार श्रेष्ठ र विजय पाण्डेले सहजीकरण गरेका थिए ।