शनिवार , श्रावण ७, २०७९
बुटवल, ७ साउन ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, रूपन्देहीले स्थानीय तहमा कार्यरत करारका कर्मचारीहरुलाई सेवाबाट नहटाउन आग्रह गरेको छ । विभिन्न पालिकाहरूमा राजनीतिक पूर्वाग्राहको आधारमा करारका कर्मचारीहरुलाई हटाउन थालिएको भन्दै त्यस्तो कार्य तत्काल रोक्न ट्रेड युनियनले माग गरेको हो ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, रूपन्देहीका अध्यक्ष हरि प्रसाद खनाल र उपाध्यक्ष भोजराज न्यौपानेद्वारा शनिबार जारी विज्ञप्तीमा कानूनी प्रक्रिया पुर्याई करार सेवामा नियुक्ति गरिएका अनुभवी कर्मचारी हटाई पुनः करारमा नियुक्ति गर्नु भनेको झन समस्यालाई जटिलतातर्फ लैजाने उल्लेख छ । करारका कर्मचारीको म्याद थप गरी सेवामा निरन्तरता दिन माग गरिएको हो ।
त्यसैले सम्बन्धित स्थानीय तहसँग उक्त अनुभवी कर्मचारीहरुलाई निरन्तरता दिन माग गरिएको छ । साथै रिक्त रहेका दरबन्दी अनुसारका कर्मचारीलाई लोकसेवा आयोगदारा पदपूर्ति गर्ने तर्फ पहल गर्न आधिकारिक ट्रेड युनियन जिल्ला कायसमिति रुपन्देहीले माग गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij