२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

राप्रपा नेपाल उपाध्यक्षमा राजभण्डारी र सह–महामन्त्रीमा बस्नेत मनोनित

शनिवार , श्रावण ७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, ७ साउन
    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह–महामन्त्री  पदमा दमन बस्नेतलाई मनोनित भएका छन ।

    अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष र सह–महामन्त्रीमा मनोनित गरेका हुन ।

    295061959_1130350974362165_7171621494504864591_n.jpg

    अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरे । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका थिए । आगामी दिनमा आबश्यकता अनुसार अन्य नेताहरूलाई पनि पार्टी र नेतृत्वले जिम्मेवारी दिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । न्युज कारखाना