२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले

शनिवार , श्रावण ७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ७ साउन ।
    बुद्ध जन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी पर्न सुरु भएदेखि नै पोखरीका माछा मर्न थाले पनि शुक्रबार भने एकै पटक ४० वटा मरेको लुम्बिनी विकास कोषले जनाएको छ । 

    कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार पोखरीको पानीमा अक्सिजनको कमी हुँदा प्रत्येक बर्ष जसो माछाहरू मर्ने गरेका छन् । यसपटक पानीमा अक्सिजनको कमी भएर माछाहरू मरेको हुन सक्ने शाक्यले बताए । 

    ‘यो वर्ष पानी परेन गर्मीले पोखरीको पानी सुक्यो ।’ शाक्यले भने, ‘सिमसिम पानी परेपछि अक्सिजनको कमी भएर हुन सक्छ, ४० वटा माछा मरे ।’ पोखरीमा पानी कमी भइ अक्सिजनको कमी भएको हुन सक्ने भन्दै शनिबार पोखरीको पानी फेर्न सुरु गरेको शाक्यले बताए ।

    पोखरीको माछा मर्न थालेपछि स्थानीयले कोषप्रति आक्रोश व्यक्त गरेका छ्न् । प्रत्येक वर्ष माछा मर्ने जानकारी कोषलाई भए पनि जोगाउन समयमै प्रयास नगरेको उनीहरुको आरोप छ । विश्व आस्थाको धरोहर मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्कर्णी पोखरीमा माछा, कछुवा लगायत जलचर छ्न् । न्युज कारखाना