२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

समाजसेवी तुलासिंह पुनको निधनमा कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीद्वारा शोकसभा

शनिवार , श्रावण ७, २०७९

भैरहवा, ७ साउन । 
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीकी क्षेत्रीय सदस्य रुपमाया पुनको श्रीमान् एवं समाजसेवी, शिक्षाप्रेमी तुलासिंह पुनको निधनको ११ औं दिनको पुण्यतिथिमा शोकसभा गरिएको छ ।

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवामा शोकसभा गरेको हो । कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व तथा पार्टीका रुपन्देही जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य जन्नतुन निसा, पार्टीका महासमिति सदस्य दीपक क्षेत्री न्यौपाने, सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले बोलेका थिए ।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ (क) कासभापति सुरेन्द्र जंग थापा, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिका–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि गोपालमान राजभण्डारी, महेन्द्र कुमार श्रेष्ठ, विनय ज्ञवाली, सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनाल, सह–सचिव कुलप्रसाद न्यौपाने, प्रदेश उपसभापति गोविन्द बस्याल, प्रदेश सचिव याम बहादुर थापा, नगर उपसभापति देवराज न्यौपाने, किरण घिमिरे, नगरसचिव अनिल कुमार के.सी., जिल्ला सदस्य कविता लम्साल, सतिष चौधरी, प्रदेश प्रतिनिधि दिपेन्द्रमान श्रेष्ठ, सुष्मा राजकर्णिकार, सिद्धार्थनगर वडा नम्बर ३ का सभापति निल बहादुर थापा, ५ का सभापति केशव गुप्ता, ८ का सभापति टंक ज्ञवाली, ९ का सभापति श्याम खनाल, १० का सभापति विजयनाथ धवल, ११ का सभापति केदारनाथ कुर्मी, १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, क्षेत्रीय सदस्य योगेन्द्रनाथ पाण्डे, रमेश मल्ल, पूर्व वडा सभापति चन्द्रवली यादव, दिनेश गौतम लगायतको उपस्थिति रहेको थियो । 

shok.jpeg

कार्यक्रममा पूर्व वडा सचिव चन्द्र बहादुर पुनले मृतकको जीवनी माथि प्रकाश पारेका थिए । क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तुलासिंह पुनको ६९ वर्षको उमेरमा निधन भएको थियो ।