
शुक्रवार , श्रावण ६, २०७९
भैरहवा, ६ श्रावण । रुपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् ।
पालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले पालिकामा रहेका लक्षित समूह ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएको जानकारी दिए ।
कोटहीमाईमा लक्षित समूहका केही रोजगारीको शिलशिलामा पालिका बाहिर रहेकोले सर्वेक्षण र घरधुरीको आधारमा ९८ प्रतिशतले खोप पूरा गरेको स्वास्थ्य शाखा प्रमुख राम निवाश यादवले भने । उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खोप लगाएका छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij