
शुक्रवार , श्रावण ६, २०७९
बुटवल, ६ साउन ।
इन्ट्रयाक्ट क्लब अफ एलायन्स डाउनटाउनले बिहीबार पहिलो स्थापना (चार्टर) दिवस सम्पन्न भएको छ । बुटवलको हिलपार्कस्थित रोटरी भवनमा एक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको थियो । क्लबका संस्थापक अध्यक्ष कल्पित नेपाल र निवर्तमान अध्यक्ष जमिन कक्षपति को नेतृत्वमा क्लब गठन भएको थियो र हाल वर्ष २२/२३ को लागि दिप्सन अधिकारीले नेतृत्व लिएका छन् ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष भरत राना, पूर्वअध्यक्ष जीवन अधिकारी, पूर्व अध्यक्ष रविलाल पोख्रेल, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका निवर्तमान अध्यक्ष बरुन ज्ञवाली, सचिवालय सचिव तिलक अधिकारी, रोटरी डाउनटाउनका सचिव विष्णु प्रसाद भण्डारी, क्लबका सल्लाहकार विशाल सेन्चुरी लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
छोटो समयमै जिल्लामै छुटै नाम कमाउन सफल यो क्लबले विभिन्न कार्यक्रमहरु गरी समाज रुपान्तरणमा योगदान दिएको क्लबका संस्थापक अध्यक्ष कल्पित नेपालले बताए । १२–१८ वर्षसम्मका विद्यार्थी आबद्ध भएको क्लबमा बुटवल, दाङ, धनगढी क्षेत्रसम्मका सदस्यहरु रहेका छन् । कार्यक्रमको सञ्चालन प्रतीक्षा खरालले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij