२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

लायन्स लुम्बिनी क्रियटिभ लेडीको अध्यक्षमा सविता तुलाधर

शुक्रवार , श्रावण ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ६ साउन ।
    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको चौथो पदस्थापन तथा चार्टर नाइट समारोह बिहीबार भैरहवामा सम्पन्न भएको छ । समारोहमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स होलिसिटी सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष सविता तुलाधर तथा क्लबका पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक गभर्नर न्यौपानेले क्लबले रचनात्मक कार्यलाई निरन्तरता दिदै जानुपर्ने बताए । लायन्स होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले क्लबले नयाँ उचाई पाओस् भन्दै शुभकामना दिए ।

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीकी संस्थापक अध्यक्ष रचना क्षेत्रीले लायन्स होलिसिटी सिद्धार्थनगरको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी वर्ष २०२१/२२ की अध्यक्ष मञ्जु शर्मा रेग्मीले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुबारे जानकारी गराएकी थिइन् ।

    क्लब वर्ष २०२२/२३ की अध्यक्ष सविता तुलाधरले सबैको साथ र सहयोगले आफ्नो कार्यकालमा रचनात्मक कार्य गर्ने बताइन् । प्रकृति उप्रेतीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको पदस्थापन समारोह संयुक्त रुपमा आयोजना गरिएको थियो ।