
शुक्रवार , श्रावण ६, २०७९
भैरहवा, ६ साउन ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको १२ औं पदस्थापन तथा चार्टर नाइट समारोह बिहीबार भैरहवामा सम्पन्न भएको छ । समारोहमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स होलिसिटी सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष मंगल भण्डारी तथा क्लबका पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक गभर्नर न्यौपानेले क्लबले रचनात्मक कार्यलाई निरन्तरता दिदै जानुपर्ने बताए ।
लायन्स होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले क्लबले नयाँ उचाई पाओस् भन्दै शुभकामना दिए ।
लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीकी संस्थापक अध्यक्ष रचना क्षेत्रीले लायन्स होलिसिटी सिद्धार्थनगरको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । क्लबका वर्ष २०२२/२३ का अध्यक्ष मंगल भण्डारीले आफ्नो कार्यकालमा केही नयाँ काम अघि बढाउने बताए ।
राकेश गुरुङको अध्यक्षता, माधव शर्माको ध्वजा अभिवादन तथा दीपक काफ्लेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको पदस्थापन समारोह संयुक्त रुपमा आयोजना गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij