२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

स्वराज ट्रयाक्टरको ५० एचपी श्रेणीमा ७४४ एक्सटी नेपाली बजारमा

शुक्रवार , श्रावण ६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ६ साउन ।
    स्वराज ट्रयाक्टर्सले नेपाली बजारमा मा ५० एचपी श्रेणीमा आफ्नो नयाँ ट्रयाक्टर ७४४ एक्सटी भित्र्याएको छ । स्वराज ट्रयाक्टरको भैरहवाका लागि आधिकारिक विक्रेता तेजभक्त इन्टरनेशनल प्रा.लि. ले बिहीबार एक कार्यक्रमकाबीच उक्त ट्रयाक्टरको लञ्च गरेको हो ।

    यो ट्रयाक्टरले यसको वर्गमा सबैभन्दा ठूलो इञ्जिनहरुमध्ये एक, ३४७८ सीसी विस्थापनको साथ, कृषि र ढुवानी अनुप्रयोगहरुमा अधिकतम प्रदर्शन प्रदान गर्ने तेजभक्त इन्टरनेशनल प्रा.लि.का महाप्रबन्धक लीलाधर घिमिरेले बताए । उनले भने, ‘यो ट्रयाक्टरले ६ वर्षको वारेन्टीसहितको उद्योगको नेतृत्व गर्दछ ।’

    ३४७८ सीसी इञ्जिन, उच्च हाइड्रोलिक लिफ्ट क्षमता, उच्च ग्राउण्ड क्लियरेन्स, ७.५*१६ इन्चको फ्रन्ट टायर, दिशात्मक नियन्त्रण भल्भ यो ट्रयाक्टरको विशेषता रहेको उनको भनाइ छ । यसको बजार मूल्य १५ लाख ५० हजार रहेको छ ।

    तेजभक्त इन्टरनेशनल प्रा.लि.का प्रबन्धक कृष्णराज शाक्यको अध्यक्षता तथा कन्ट्रीम्यानेजर मनोज धामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।