
शुक्रवार , मंसिर १२, २०७७
भैरहवा, १२ मंसिर ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत रुपन्देहीको सिद्धार्थनगरमा पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ ।
बिहीबार र शुक्रबार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क जुकाको औषधी खुवाइएको हो । सिद्धार्थनगरका सबै केन्द्रमा ५० जना स्वास्थ्य स्वयंसेविका खटिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख हरिप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच दुईदिने कार्यक्रमको शुभारम्भ गरेका हुन् । नगरप्रमुख अधिकारीले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
सिद्धार्थनगरको वडा नम्बर ७ बाट सुरु भएको कार्यक्रममा नगरउपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्य, नगर स्वास्थ्य शाखा कम्युनिटी नर्सिगं निरीक्षक गिता न्यौपाने पोखरेल, विजय चौधरी, स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
कोभिड–१९ को महामारीका कारण मास्क लगाएर सुरक्षित तरिकाले भिटामिन खुवाउन पनि सहभागीले आग्रह गरेका छन् । कोभिड–१९ का लक्षण देखिएमा त्यस्तो ठाउँमा नआउन र नखान पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए । भिटामिन ‘ए’ खुवाउनाले बालबालिकालाई रोगसंग लड्ने क्षमताको विकास हुनुको साथै दादुरा तथा झाडा पखालाबाट पनि बचाउने स्वास्थ्यकर्मीले बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij