२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलको अध्यक्षमा गजेन्द्र कोहार

बिहिवार , श्रावण ५, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ५ साउन ।

    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको पद हस्तान्तरण कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२१/२२ का अध्यक्ष महेश नेपालले वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारलाई पद हस्तान्तरण गरेका छन् । त्यस्तै वर्ष २०२१/२२ का सचिव प्रमोद रिजालले वर्ष २०२२/२३ गणेश प्रसाद खनाललाई तथा वर्ष २०२१/२२ का कोषाध्यक्ष  गणेश प्रसाद खनालले २०२२/२३ की कोषाध्यक्ष सुस्मिता ढुगानालाई पद हस्तान्तरण गरेका छन् ।

    वर्ष २०२२/२३ को प्रथम उपाध्यक्षमा भोजराज बस्याल, द्वितीय उपाध्यक्षमा खेम कार्की, तृतीय उपाध्यक्षमा विपिन शाह, सचिवमा गणेश प्रसाद खनाल, कोषाध्यक्षमा सुस्मिता ढुंगाना र सह–सचिवमा अमित यादव रहेका छन् ।

    कार्यक्रममा क्लबका पूर्व अध्यक्ष राजेन्द्र थापाले वर्ष २०२१/२२ कार्यसमितिको नामावली घोषणा गरेका थिए

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का संस्थापक गभर्नर नवराज न्यौपानेले सेवा गर्ने भावना मनदेखि नै आउनुपर्ने आवश्यकता रहेको बताए । उनले बोल्ने भन्दा बढी काम गर्ने लायन्सको योजना रहेको बताए । उनले भने, ‘सानो प्रयासले पनि समाज परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्छ ।’

    त्यस्तै नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले क्यान्सरसम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गर्न आग्रह गरे ।

    लायन्स एरिया सेक्रेटरी तथा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलका पूर्वअध्यक्ष सतिष कुमार कौशल (दीपक)ले क्लबले ग्रामीण क्षेत्रमा पुगेर पनि विभिन्न कार्यक्रम गरेको बताए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियल वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारले संस्थामा लागेपछि इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा वृक्षारोपण, क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम, रक्तदान, विद्यालयमा मेन गेट निर्माण, खाद्यान्न सामग्री वितरण, मधुमेहसम्बन्धि सचेतना लगायतका कार्यक्रम गर्ने जानकारी दिए ।

    क्लबका वर्ष २०२१/२२ का अध्यक्ष महेश नेपालले धेरै वर्ष पहिला नै लायन्स क्लबमा आबद्ध हुनुपर्ने जस्तो लागेको बताए । उनले पीडितको घाउमा मल्हम लगाउन पाउँदा आनन्दको अनुभुति हुने बताए ।

    महेश नेपालको अध्यक्षता, भोजराज बस्यालको स्वागत, सुष्मा थापा क्षेत्रीको ध्वजा अभिवादन तथा प्रमोद रिजाल र गणेश प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    294148923_3160810017562634_848073185345885097_n.jpg
    undefined