images

शनिवार, बैशाख ८ गते २०८१

भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी 

भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी 

images
images
images
बिहिवार, श्रावण ५ २०७९
बिहिवार, श्रावण ५ २०७९
  • भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी 


    नयाँ दिल्ली, ५ साउन । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाठ हुँदै छ । औपचारिकताका रुपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ । 

    images
    images
    images

    निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन –एनडीए० का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् । मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । 

    भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई  तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजाघोषणा भएपछि बधाई दिने बताइएको छ । 

    मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij