२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव संकलन भइरहेको छ : प्रमुख निर्वाचन आयुक्त

बुधवार , श्रावण ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ४ साउन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।

    गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।

    आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए ।

    एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए । न्युज कारखाना