
मंगलवार , श्रावण ३, २०७९
रुपन्देही, ३ साउन ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोट्रयाक्ट नेपाल) को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजित एक समारोहकाबीच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
वर्ष २०२२/०२३ का लागि डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ (डीआरआर) मा बुटवलका लक्ष्मण खरेल चयन भएका छन् । उनको नेतृत्वमा रहेको नयाँ समितिलाई एक कार्यक्रमकाबीच रोटा वर्ष २०२१/०२२ का डीआरआर सुमित बज्राचार्यले पद हस्तान्तरण गरेका हुन् ।
रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोटरी नेपाल) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले खरेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । त्यस्तै पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, डीआरआर सुमित बज्राचार्यले संयुक्त रुपमा कोलार लगाई र ग्याबल हस्तान्तरण गरे ।
पदभार ग्रहण गर्दै निर्वाचित खरेलले सबैको साथ र सहयोगबाट नै सफलता प्राप्त गर्न सकिने बताए । उनले यस वर्ष इन्स्पायर, इमपावर र टा«न्सफर्म नारालाई वर्षभरी नै मुख्य प्रथामिकतामा राखेर कार्यक्रम तथा प्रोजेक्टहरुलाई अघि बढाउने प्रतिबद्धता गरे । साथै नेपालमा रहेका सबै क्लबहरुलाई सोहीअनुसार इन्स्पायर गर्दै सबैको सल्लाह सुझावबाट आफुले योजनाहरुलाई कार्यान्वयन गर्ने बताए ।
वर्ष २०२१/०२२ का डिष्ट्रिक्ट रोट्रयाक्ट रेप्रिजेन्टेटिभ सुमित बर्जाचार्यले एक वर्ष अवधीमा आफूले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै उनले आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेका क्लव एवं रोट्रयाक्टरहरुलाई अवार्डसहित सम्मान समेत गरे । आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण रोटरी डिष्ट्रिक्ट पदाधिकारी, रोट्रयाक्ट डिष्ट्रिक्ट कमिटी र मुलकभर रहेका सम्पुर्ण क्लवका पदाधिकारीप्रति उनले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वर्ष २०२२/०२३ मा आयोजना गरिने प्रेसिडेन्ट, सेक्रेटरी (पीएस मिट), जीवित फाउण्डेसन नेशनवाइडसँग रक्तदान कार्यक्रमका लागि एमओयु साइनिङ्ग लगायत डिष्ट्रिक्ट कार्यक्रमबारे जानकारी समेत गराइएको थियो ।
निर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान (रोटरी नेपाल) का डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले रोट्रयाक्टले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै युवा वर्गले अझै नयाँ ढंगबाट काम गर्न आग्रह गरे ।
पदस्थापन कार्यक्रम डीआरआर लक्षमण खरेलकोे अध्यक्षता, डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारीको प्रमुख आतिथ्यता, पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजु, रोटरी फाउण्डेशन चेयर राजेन्द्र लम्साल, सेरिक एमडीआइओ प्रेसिडेन्ट रोट्रयाक्टर कौशल साहुको विशिष्ट आतिथ्यता तथा डिष्ट्रिक्ट सेक्रेटरी अमित गिरी, पूर्व डीआरआर सुशिल कुमार कार्की, रोटरी क्लब अफ बुटवलका संस्थापक अध्यक्ष एजाज आलम लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
तिलोत्तमास्थित बिगचेयर रिर्सार्टमा भएको कार्यक्रममा साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन समेत प्रदान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रम अनुशा नेपाल र आविश्कार पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा (टीयुआरएफ) २०२२ समेत सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ आयोजना तथा रोट्रयाक्ट डिष्ट्रिक्ट ३०५३ को सह–आयोजनामा उक्त टीयुआरएफ कार्यक्रम सम्पन्न भएको हो । (टीयुआरएफ) मा साउथ इष्ट एसियाका सबै क्लबहरुलाई सेरिक एमडीआइओ अवार्ड प्रदान गरिएको थियो ।
उक्त टीयुआरएफ अवार्ड सेरिक एमडीआइओका अध्यक्ष कौशल साहुले प्रदान गरे । टीयुआरएफमा भारत र पाकिस्तानबाट गरी कूल ३० जना रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो । नेपालमा १ सय ७५ वटा रोट्रयाक्ट क्लबहरु रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij