images

शुक्रवार, बैशाख ७ गते २०८१

चित्रकला, कवितालेखन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम

चित्रकला, कवितालेखन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम

images
images
images
सोमवार, श्रावण २ २०७९
सोमवार, श्रावण २ २०७९
  • चित्रकला, कवितालेखन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम

    भैरहवा, २ साउन ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा चित्रकला, कवितालेखन प्रतियोगिता, कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । २०९ औं भानु जयन्तीको अवसर पारेर कार्यक्रम गरिएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए ।

    images
    images
    images

    चित्रकला प्रतियोगितामा छात्रतर्फ मिनर्वा इङलिस बोर्डिङ हाई स्कूलका अमन सोम्रे प्रथम, सञ्जीवनी शिक्षा सदनका मोहित केसी द्वितीय, लुम्बिनी शिक्षा निकेतनका साहिल खान तृतीय र  स्पांगल ईङलिस हाई स्कूलका रोशन चौधरी सान्त्वना भएका छन् ।

    त्यस्तै सोही प्रतियोगितामा छात्रातर्फ मिनर्वा इङलिस बोर्डिङ हाई स्कूलकी लीजा गुरुङ प्रथम, मनकामना स्कूलकी काव्य शाही द्वितीय, एभरग्रीन प्यासिफिककी अमृता बरई तृतीय र फ्लोरल इङलिस स्कूलकी फलुक खान सान्तवना भएका छन् ।

    त्यस्तै कविता लेखन प्रतियोगितामा छात्रतर्फ सनलाइट स्कूलका प्रन्सुल शर्मा प्रथम, मिर्नवाका सौर्य गौचन द्वितीय, सञ्जीवनीका अशं कसौधन तृतीय र लर्ड गौतमबुद्धका सफल क्षेत्री सान्त्वना भएका छन् ।

    त्यसै गरी सोही प्रतियोगितामा छात्रातर्फ मिनर्वाकी मल्ल प्रथम, लर्ड गौतमबुद्धकी अस्मिता पसाई द्वितीय, सि.बी. पब्लिककी सलिना पौड्याल तृतीय र एभरग्रीनकी निशा यादव सान्त्वना भएका छन् ।

    चित्रकलातर्फ सूर्य नेपाली र रविशंकर वर्मा र कविता लेखनतर्फ दिपक आनन्द तथा मधु शर्मा निर्णायकको भूमिकामा रहनुभएको कार्यक्रम संयोजक राजेश कुमार यादवले बताए ।

    स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत तिलक लामिछानेलाई सिद्धार्थ साहित्य परिषद्को मूल्यांकन अनुरुप उनलाई नगद ७ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

    त्यसै गरी साहित्यमा कलम चलाउने स्रष्टाहरुमध्येबाट मनकामना हाई स्कूलमा कार्यरत शिक्षिका गीतादेवी शर्मालाई भानु युवा प्रतिभा पुरस्कार २०७८ बाट सम्मान गरिएको थियो । शर्मालाई नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

    कार्यक्रममा सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष विजय पाण्डे, सिर्जनशील साहित्यिक समाजका स्रष्ठाहरुले भानु जयन्तीको अवसरमा सामूहिक विद्यालय परिवार रुपन्देहीका सदस्य विद्यालयबाट विद्यार्थीहरुले कविता वाचन गरेका थिए । स्पांगल स्कूलकी गरिमा श्रेष्ठ , सि.बी पब्लिक हाई स्कूलकी सखिना खातु, एभरग्रीन स्कूलकी सञ्जनी चाई, लुम्बिनी शिक्षा निकेतनकी विनिता सुवेदी, सञ्जीवनी शिक्षा सदनकी प्रशंसा गैरे, आर्दश विद्या मन्दिरकी चन्दन गुप्ता, मिनर्वा स्कूलकी दिया थापा, फियूचर लाइटकी सगुन कुवंर, एभरेष्ट मोर्डनकी विन्दु थारु, नेपाल नालन्दाकी सोनम बि.क र फ्लोरल स्कूलकी इसिका आचार्य गरी ११ जना विद्यार्थीहरुले कविता वाचन गरेका थिए । त्यसै गरी साहित्यकार सरु ज्ञवाली, गंगा घिमिरे,  राधा भट्टराई, डा. लक्ष्मी पाख्रेल, देवी न्यौपाने धिर, सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष विजय पाण्डेले कविता वाचन गरेका थिए ।  कविता वाचन गर्ने विद्यार्थी तथा साहित्यकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    293773726_1261460691360612_4337613199044021032_n.jpg

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, परिवारका उपाध्यक्ष युवराज पोख्रेलको स्वागत तथा सचिव सृजना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष विजय पाण्डे, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भूर्तेल लगायतले भानु जयन्ती र नेपाली साहित्यको विषयमा आ–आफ्नाा धारणा राखेका थिए । 

    293572513_464455795016478_5561639745770995447_n.jpg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij