
आइतवार , श्रावण १, २०७९
भैरहवा, १ साउन ।
लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले भैरहवास्थित बुद्धचोकमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रोहित सिंहले बताए । कार्यक्रम संयोजक सिंहका अनुसार यसअघि क्लबले बुद्धचोक, लुम्बिनी गेट, एयरपोर्ट, देवकोटा चोक र बेलहिया गरी पाँच स्थानमा झण्डा राखेको थियो ।
क्लबले राखेका झण्डा पुरानो तथा केही स्थानमा च्यातिएकाले नयाँ झण्डा राखिएको क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए । वर्ष २०२२/२३ को यो पहिलो कार्यक्रम भएको परियारले जानकारी दिए । ट्राफिक सचेतना कार्यक्रममा १५० वटा सवारीसाधनमा स्टिकर टाँस्नुका साथै सवारीचालकलाई ट्राफिक नियमसम्बन्धि जानकारी पनि गराइएको उनले बताए ।
लियो प्रोग्रेसिभ सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष राहुल रेग्मीको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका वरिष्ठ प्रहरी नायब निरीक्षक आर. के. चापागाईको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर वर्ष २०२२/२३ का अध्यक्ष सुनिल सेञ्चुरी, लियो प्रोग्रेसिभ सिद्धार्थनगरका वरिष्ठ सल्लाहकार सरोज ठकुरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij