२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी डाउनटाउनको २१ औं पदस्थापन, अध्यक्ष भरत रानाद्वारा पदभार ग्रहण

आइतवार , श्रावण १, २०७९

बुटवल, १ साउन ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको २१ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/२०२३ का नवनिर्वाचित अध्यक्ष भरत बहादुर रानालाई रोटरी ईन्टरनेशनल नेपाल भुटान ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले सपथ ग्रहणसँगै पदभार ग्रहण गरिएका थिए । नवनिर्वाचित अध्यक्ष रानाले आफनो कार्यकालमा मानवीय सेवा कार्यमा निरन्तर सहयोग गर्ने तथा योगदान दिने बताए । 

कार्यक्रममा रोटरी ईन्टरनेशनल नेपाल भुटान ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले मानवीय सेवा भावनासहित समुदायमा रचनात्मक कामहरु गर्न आफना मातहतका क्लबहरुलाई सुझाव दिदै थोरै थोरै सहयोगबाट वृहत कार्यक्रम गर्न सकिने समेत बताए । 

कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष जबिन कक्षपतिले आफ्नो कार्यकालमा गरेको कार्यक्रमबारे प्रकाश पार्दै सहयोगी पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरेका थिए । वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण, दुव्यर्सनीविरुद्ध सचेतनामूलक कार्यक्रम, महिलाहरुलाई सीपमूलक तालिम, पाठेघरको क्यान्सरसम्बन्धि स्वास्थ्य शिविर, पोलियोविरुद्ध सचेतना कार्यक्रम लगायत गरिएको उनले बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले नगरभित्र रहेका सामाजिक संघ–संस्थाहरुबाट विगतमा विपद्का बेला भएको सहयोगको स्मरण गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने धेरै संघ–संस्थाहरु यहा रहेको बताइन् । सामाजिक भावनाका कारण नै व्यवसायिक संघ–संस्थाहरु पनि समुदायमा उदाहरणयोग्य भएको उनले दावी गरिन् । 

वर्ष २०२१/२०२२ का सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसी, सल्लाहकार भिमराज श्रेष्ठ, हरि खरेल, नारायण पन्त, पंकज ज्ञवाली, निलम अधिकारी, शिव ज्ञवालीलाई आफ्नो कार्यकालमा गरेको सहयोगस्वरुप अध्यक्ष जबिन कक्षपतिले मायाको चिनोबाट सम्मान गरेका थिए । कार्यक्रममा जोन २७ का एजी प्रेम भुर्तेल, वर्ष २०२२/२०२३ का सचिव विष्णु प्रसाद भण्डारीले हामी भन्ने भावनालाई रोटरी अंगिकार गरेर अघि बढ्दा सफलता मिलेको बताए ।