२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

रुपन्देहीमा बिदाको दिन चलाइएका १९ सरकारी सवारीसाधन ‘होल्ड’

शनिवार , आषाढ ३२, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ३२ असार ।
    सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले होल्ड गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाभित्र बिना पास चलाइएको दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनलाई होल्ड गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

    सरकारी नीतिविपरीत चलाइएका सवारीसाधनलाई होल्डमा राखी आवश्यक सम्झाईबुझाई छाडिएको उनले बताए ।  डीएसपी पौडेलले भने, ‘अब उप्रान्त कार्यालय वा अधिकारीबाट पास लिएर मात्र सार्वजजिक विदाको दिन चलाउन आग्रह गरिएको छ ।’