२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

सुनवल नगरप्रमुख भरत थापालाई कोरोना संक्रमण

बिहिवार , मंसिर ११, २०७७

परासी, ११ मंसिर । 
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगरवासीको सेवामा अहोरात्र खटिदै आएका नगरप्रमुख थापालाई ज्वरो र खोकी लागेपछि उनले पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो । नगरप्रमुख भरत थापा अहिले होम आईशोलेशनमा बसी चिकित्सकको परामर्शमा औषधी तथा खानेकुराहरु लिइरहेका छन् ।

सुनवल नगरपालिकामा कोभिड–१९ को संक्रमण रोकथामका जिल्लामै व्यस्थित र सुरक्षित बनाउन नगरप्रमुख थापा अहोरात्र खटिदै आएका थिए । नगरपालिकाभित्र व्यवस्थित क्वारेन्टिन र दक्ष चिकित्सकको निगरानीमा व्यस्थित आइसोलेसन समेत संचालन गरी कोभिड रोकथाम र संक्रमितलाई सेवा प्रदान गर्दै आएका थिए । तर नगरबासीलाई बचाउने, सचेत गराउने नगरबासीलाई सेवा प्रदान गर्न दैलोमा पुग्दै गर्दा उनी आफै पनि कोरोेना संक्रमित भएका हुन् ।

नगरप्रमुख भरत थापा सामाजिक कार्यमा पनि उत्तिकै चासो र सहयोगात्मक भावनाले खटिदै आएका सामाजिक व्यक्ति पनि हुन् । सुनवल नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएपछि थापाले पाउने तलब सुविधा बापतको रकम पुरै सामाजिक क्षेत्रमा खर्चिदै आएका छन् । उनको स्वास्थ्य लाभका लागि सुनवल नगरवासी तथा देशविदेशमा रहने शुभचिन्तकहरुले फोन तथा सामाजिक संजालमार्फत स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।