२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

सिद्धार्थनगर कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बिहिवार , आषाढ ३०, २०७९

  • 7.1K
    Shares
  • 7.1K
    Shares
  • भैरहवा, ३० असार । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ ।

    बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालिका घोषणा गरेका हुन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले सिद्धार्थनगरमा १२ वर्षमाथिको ६२ हजार १ सय ५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्य भन्दा बढी खोप लगाइएको बताए । उनले ६२ हजार ९ सय ७५ जनालाई पूर्ण मात्रा खोप लगाइएको बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सिद्धार्थनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नमुना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल लगायतले बोल्दै कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

    सिद्धार्थनगर नगरपालिकाकी कार्यवाहक प्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।