
बिहिवार , आषाढ ३०, २०७९
भैरहवा, ३० असार ।
लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेले वर्ष २०२२/२३ का अध्यक्ष चन्द्र बहादुर थापालाई पद हस्तान्तरण गरेका छन् । वर्ष २०२२/२३ को प्रथम उपाध्यक्षमा रवि कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अर्जुन पौडेल, तृतीय उपाध्यक्षमा धर्मराज आचार्य, सचिवमा उमेश थापा, कोषाध्यक्षमा कुलचन्द्र गौतम, सह–सचिवमा रघु प्रसाद खनाल र सह–कोषाध्यक्षमा कमल ज्ञवाली रहेका छन् ।
त्यस्तै मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा खगेन्द्र शर्मा, क्लब एडमिनिष्ट्रेशन चेयरपर्सनमा आनन्द खनाल, लियो एडभाइजरमा विनोद खरेल, नोमिनेशन चेयरपर्सनमा नेत्र प्रसाद आचार्य, मेम्बरसिप चेयरपर्सनमा कुल प्रसाद न्यौपाने, जीएलटी कोर्डिनेटरमा जगत खरेल, बिल्डिङ चेयरपर्सनमा प्रेम सेञ्चुरी, एसएलएफ कोर्डिनेटरमा राजेश खरेल, टेल ट्वीष्टरमा कमल प्रसाद मरासिनी, टेमरमा दिनेश मान अमात्य, जनसम्पर्क अधिकारी (पीआरओ)मा गोविन्द ज्ञवाली र क्लब अडिटरमा केशवनारायण श्रेष्ठ रहेका छन् ।
त्यसै गरी क्लबको निर्देशकमा जगत खरेल, कृष्ण प्रसाद अधिकारी, प्रेम बेल्बासे, राजु न्यौपाने, धर्मवीर शर्मा, अर्जुन कार्की र नारायण आचार्य रहेका छन् । त्यस्तै क्लबका पूर्व अध्यक्षहरुलाई सल्लाहकारमा चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लिडरले सकारात्मक सोच राख्नुपर्ने बताए । उनले लायन्स क्लबका कार्यक्रम निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्ने बताए । उनले भने, ‘संस्कार जसले बसाल्यो, त्यस्तै बस्छ ।’ उनले सामाजिक क्षेत्रमा क्रियाशिल हुँदा आनन्दको अनुभुति हुने गरेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । क्लबका वर्ष २०२१/२२ का सचिव धर्मराज आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वर्ष २०२१÷२२ मा भएका कार्यक्रमबारे जानकारी गराएका थिए ।
क्लबका वर्ष २०२२/२३ का अध्यक्ष चन्द्र बहादुर थापाले कुनै एक गाउँपालिका अन्तर्गत सामूदायिक विद्यालयका कक्षा ७ उत्र्तीण गरेका गरीब, जेहेन्दार तथा दलित विद्यार्थीहरुमध्ये १० जना विद्यार्थीहरुलाई कक्षा १० सम्म पढाउने सिग्नेचर प्रोजेक्ट सञ्चालन गरिने बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, लायन्स क्लब अफ बुटवलका अध्यक्ष महेश श्रेष्ठ, समाजसेवी नारायण प्रसाद अग्रवाल लगायतले बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगरले स्थापनाकालदेखि नै रचनात्मक कार्य गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij