२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

सिद्धार्थनगर विश्वकर्मा महिला समाजको छैठौं वार्षिक उत्सव

बुधवार , आषाढ २९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २९ असार ।
    सिद्धार्थनगर विश्वकर्मा महिला समाज, रुपन्देहीको छैठौं वार्षिक उत्सव तथा साधारणसभा बुधबार भैरहवामा सम्पन्न भएको छ । वार्षिक उत्सव तथा साधारणसभाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिलामाथिको विभेद अन्त्य गर्न महिलाहरु एकजुट हुनुपर्ने बताइन् । उनले विभेदविरुद्ध आवाज उठाउनुपर्ने बताइन् ।  

    त्यस्तै बुटवल विश्वकर्मा महिला समाजकी उपाध्यक्ष इन्दिरा खातीले एकता आजको आवश्यकता भएको बताइन् । उनले मेरो र हाम्रो लागि समाज हो भन्ने बुझ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् ।

    सिद्धार्थनगर विश्वकर्मा महिला समाजकी कोषाध्यक्ष सम्झना रसाइलीले आगामी दिनमा स्थानीय तहबाट साथ र सहयोग हुने अपेक्षा गरिएको बताइन् । उनले संस्थाको कोषबाट कार्यक्रम गरिरहेको बताइन् । २०७६ सालमा स्थापना भएको समाजमा हाल ५४ जना सदस्य आबद्ध रहेको उनले बताइन् ।

    बुटवल उपमहानगर कार्यपालिका सदस्य सुनिता खडलुक बरालले उत्पीडित समुदायको उत्थानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले महिलाहरु चुलौचौकामा मात्र सीमित नभइ राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि अघि बढ्नुपर्ने बताइन् ।

    सिद्धार्थनगर विश्वकर्मा महिला समाजकी अध्यक्ष शिवु विश्वकर्माको अध्यक्षता, पुनम लामगादेको स्वागत तथा सचिव हिरा गहतराजको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।