बुधवार , आषाढ २९, २०७९
- मिना गौतम
राणा कालको अध्यारोमा, रामको आदर्श छर्दै
अमर बने भानु, नेपाली साहित्यमा आदिकवि बन्दै
गरौं पुकार पारौं साकार भानुका सपनाहरु
सिके ज्ञान भानुले घाँसीबाट, सिकौं हामीले भानुबाट
पछ्याई बाटो जनक, बुद्ध, भानु, पृथ्वीको
बनौं सबल, सफल, सम्मान गरी विभूतिहरुको
शब्द छन् अनेक सूर्य, रवि, भानु, भाष्कर
आदर गरौं पूर्वजको, हामीबसालौं है संस्कार
सिकाउँ छरौं ज्ञानगुन, वुद्धि विवेका कुरा
नबनौं है पटमूर्ख भलाई मातृभूमिमा छुरा
ऋषिमुनी हाम्रा पूर्वज तपो भूमि हाम्रो घर
शान्तिका दुत हौं हामी सन्देश छर्नु छ संसारभर
प्रश्नोत्तरले प्रष्टाए समश्लेषणता
बधु शिक्षाबाट बताए नारी सम्मान र आदर्शता
लोकतान्त्रिक हुन् कवि राम राज्य रोज्ने
प्रजातान्त्रिक हुन् कवि जनपथ खोज्ने
यसबाट झल्कियो कविको दुरदर्शिता
गुटमा फुटमा छैन हाम्रो राष्ट्रियता
सम्झौ भानुलाई पुकारौं उनको शिक्षा
त्यसमा छ हाम्रो देशको उन्नति, एकता र अखण्डता
हटोस् सारा वैमनस्यता फैलियोस् मित्रता
रहोस् भानुको सदशिक्षा सदा हामीमा माहुरीको एकता
रहुन् भानु शिशिरका रवि सरी गगनमा
बनौं एउटै माला सय थुंगा फूलका हामी उनिउँ है एकतामा
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij