२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लबहरुको संयुक्त योजना तर्जुमा बैठक

मंगलवार , आषाढ २८, २०७९

बुटवल, २८ असार ।
रोटरी क्लब अफ बुटवलले स्थापना गरेका रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लबहरुको संयुक्त योजना तर्जुमा बैठक बुटवलमा सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लबहरुले बनाएका कार्ययोजना र त्यसमा रोटरी क्लब अफ बुटवलले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

बैठकमा आफू मातहतका क्लबहरुले बनाएका योजनाहरुमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको रोटरी क्लब अफ बुटवलका सचिव लालहरि पाण्डेले जानकारी दिए ।

बैठकमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले क्लबले अगाडि सारेका परियोजनाहरुमा संलग्न भए मात्रै पनि रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लबको कामप्रतिको लगाव देखिने भन्दै यसका लागि रोट्रयाक्टर र इन्ट्रयाक्टरहरुको ध्यानाकर्षण गराएका थिए । उनले विशुद्ध सामाजिक क्षेत्रको विकास उत्थानका लागि स्थापना भएका क्लबले आफ्नो लक्ष्य र उद्देश्यलाई ख्याल गर्दै काम गर्नुपर्नेमा जोड दिए । 

बैठकमा रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लबहरुको वार्षिक कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । क्लबले अगाडि पारेका परियोजना र कार्यक्रमहरुमा संयुक्त रुपमा अगाडि बढ्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै राइला कार्यक्रम पनि उपयुक्त समेयमा आयोजना गरिने अध्यक्ष पियाले जानकारी दिए ।

रोट्रयाक्टर र इन्ट्रयाक्टरहरुको क्षमता विकासमा पनि ध्यान दिइने बताउँदै उनले पढाइसँगसँगै सामाजिक गतिविधिलाई पनि अगाडि बढाउन आग्रह गरे ।