२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा गुप्ता

सोमवार , आषाढ २७, २०७९

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, २७ असार । 
    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन सोमबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि गुप्ताले महासचिवको जिम्मेवारी सम्हालिरहेका थिए । गुप्ताको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको हो । 

    291096475_590290966081382_5073310182304192384_n.jpg

    समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार आश्वानी, प्रथम उपाध्यक्ष अजय अधिकारी, द्वितीय उपाध्यक्षमा मिन बहादुर पुन, महासचिवमा दीपक पौडेल, सचिवमा बाबुराम पाठक र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा जगतकृष्ण कार्की, दिलिप गौचन, चक्रपाणी तिवारी, मुक्ति बस्याल, धनपति पौडेल, गोकर्ण खड्का, सुरेन्द्र बरई र पियुष आश्वानी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    अधिवेशनले सुरजमान श्रेष्ठको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । जसको सदस्यमा गुलाब चन्द्र गुप्ता र विकास मिश्र रहेका छन ।