सोमवार , आषाढ २७, २०७९
भैरहवा, २७ असार ।
रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको अध्यक्षमा सुमित प्रसाद कसौधनमा चयन भएका छन् । क्लबको ९ औं पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा वर्ष २०२१/२०२२ की अध्यक्ष दीपा सुवेदीले वर्ष २०२२/२०२३ का अध्यक्ष सुमित प्रसाद कसौधनलाई पद हस्तान्तरण गरेकी हुन् । रोटेरीयन बोनिन पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज र रोट्रयाक्ट क्लब अफ कावासोतीबीच सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij