२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

पत्रकारद्वय पछाई र घिमिरे सम्मानित

सोमवार , आषाढ २७, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २७ असार ।
    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले पत्रकारद्वय हेम बहादुर पछाई (दीपेश पछाई) र गुनाराम घिमिरे सम्मानित भएका छन् । संघको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा पछाई र घिमिरेलाई सोमबार नगद रु. ५ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको महासचिव अजय कुमार गुप्ताले बताए । संघको गतिविधि तथा समस्याबारे समाचार सम्प्रेषण गरी योगदान पुर्याएको भन्दै सम्मान गरिएको गुप्ताले जानकारी दिए ।

    उनीहरुलाई नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका अध्यक्ष शंकर बहादुर चन्द, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरे तथा महासचिव अजय कुमार गुप्ताले नगद तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

    पत्रकार पछाई नयाँ पत्रिका दैनिक, एबीसी टेलिभिजन, मेचीकाली दैनिक र भैरहवा टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष समेत हुन् । 

    त्यस्तै पत्रकार घिमिरे बुटवल टाइम्स साप्ताहिक पत्रिकाका सम्पादक हुन् । उनी लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार समेत हुन् ।