२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सोमवार , आषाढ २७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • दाङ, २७ असार ।दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई  ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।  न्युज कारखाना