२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

चित्रगुप्त युवा सेवा समिति भैरहवाको अध्यक्षमा पुनः रत्नेश मल्लिक

शनिवार , आषाढ २५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २५ असार ।
    श्री चित्रगुप्त युवा सेवा समिति भैरहवा, रुपन्देहीको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर–६ स्थित चित्रगुप्त मन्दिरमा सम्पन्न अधिवेशनले पुनः रत्नेश मल्लिकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा दीपक मल्लिक, सचिवमा विवेकानन्द मल्लिक, कोषाध्यक्षमा सन्तोष कर्ण  र सह-सचिवमा विद्यानन्द मल्लिक निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मीना कर्ण, धिरज मल्लिक, अमित श्रीवास्तव, राकेश कर्ण, बिन्दु मल्लिक र ज्ञानेन्द्र मल्लिक रहेको निर्वाचन अधिकृत तथा चित्रगुप्त युवा सेवा समितिका पूर्व सचिव अधिवक्ता दिलिप मल्लिकले बताए ।

    साधारणसभाको उद्घाटन गर्दै चित्रगुप्त युवा सेवा समितिका संस्थापक अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले समितिले रचनात्मक कार्य गर्दै आएको र यसलाई निरन्तरता दिन आग्रह गरे ।

    292131965_915736032552528_4978192471451573623_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथि अशोकलाल कर्ण, रत्नेश मल्लिक लगायतले बोलेका थिए । शनिबार नै चित्रगुप्त युवा सेवा समिति अन्तर्गत रहेको चित्रांश युवा क्लबको पनि अधिवेशन सम्पन्न भएको रत्नेश मल्लिकले जानकारी दिए ।

    292385184_439148174745639_4756787972255355022_n.jpg