२०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

जेसीआई सिद्धार्थ नेपालको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम

शुक्रवार , आषाढ २४, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २५ असार ।
    जेसीआई सिद्धार्थ, नेपालले भैरहवामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जेसीआई सिद्धार्थ वर्ष २०२२ को १२ औं कार्यक्रम अन्तर्गत शुक्रबार सिद्धार्थनगर–१२ जनतापथस्थित न्यू ईरा इङलिस बोर्डिङ स्कूलका विद्यार्थीहरुका लागि कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा संस्थाका सह–कोषाध्यक्ष कृतेश कुमार श्रेष्ठले बताए ।

    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक राजकुमार चापागाईले प्रशिक्षण दिनुभएको जेसीआई सिद्धार्थका कोषाध्यक्ष सागर पोखरेलले बताए । कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको पोखरेलले जानकारी दिए ।

    जेसीआई सिद्धार्थका जेसीआई सिद्धार्थका अध्यक्ष कमल जि.सी.को अध्यक्षता, जेसीआई वर्ष २०१० का अध्यक्ष सुशील गुरुङको प्रमुख आतिथ्यता, संस्थाका एसडीवी संयोजक राजु शर्माको आस्था पाठक तथा महासचिव लोकमणि भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्षहरु, साधारण सदस्यहरु, पर्यवेक्षक सदस्यहरु, बोर्डका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।