
शुक्रवार , आषाढ २४, २०७९
भैरहवा, २४ असार ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ जिल्लामै पहिलो घरमा सुत्केरी वडामुक्त घोषणा भएको छ । कम्हरिया स्वास्थ्यचौकीमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सामूहिक प्रयत्नले उक्त वडा घरमा सुत्केरी वडामुक्त घोषित भएको हो ।
जिल्लाका १६ वटा पालिका मध्ये मायादेवीको वडा नम्बर ३ पहिलोपल्ट घरमा सुत्केरी वडामुक्त घोषणा भएको हो । मायादेवी गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच उक्त वडालाई घरमा सुत्केरी वडामुक्त घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले जानकारी दिए । कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।
पूर्ण संस्था सुत्केरी घोषणाका लागि पालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नम्रता चौधरी, प्रदिपकुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य, कमला पन्त, रामवरण गुप्ता, जितेन्द्र गुप्ता, कमला गिरी, मनिषा बरुवाल, शोभा प्रधान, इन्द्रावती यादव, अवधेश यादव, जमुना सुवेदी, मायादेवी थारु लगायत खटिएका थिए ।
गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चापागाईं, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे लगायतले वडालाई घरमा सुत्केरी वडामुक्तका साथै पालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पनि घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख चपाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना लगायतले बोल्दै पालिकाले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij