२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

लायन्स क्लब अफ अर्घाखाँचीले राख्यो सन्धिखर्कका चोकहरूमा सचेतना बोर्ड

शुक्रवार , आषाढ २४, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • अर्घाखाँची, २४ असार ।

    लायन्स क्लब अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कका चोक-चोकमा सचेतनामूलक बोर्ड टाँगेको छ ।

    विभिन्न सचेतनामूलक सन्देशहरू लेखिएका बोर्ड सन्धिखर्क बजारका मुख्य-मुख्य चोकमा टाँगिएको क्लबका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए । क्लबका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले आफैँ पोलमा चढेर बोर्डहरू टाँगेका हुन् ।

    मास्कको प्रयोग गरौं, बजार क्षेत्रमा हर्नको प्रयोग नगरौं, प्लास्टिकका झोलाहरू प्रयोग नगरौंसहित विभिन्न नारा लेखिएका बोर्डहरू टाँसिएपछि समाज रूपान्तरणमा टेवा पुग्ने विश्वास लिइएको क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

    क्लब पछिल्लो समयमा अर्घाखाँचीमा सामाजिक गतिविधिमा सक्रिय छ । सदस्यबाट उठाएको करिब ६० हजारको लागतमा बोर्डहरू राखिएको क्लबले जानकारी दिएको छ । न्युज कारखाना